Time and Work Exam Set ( Shrawan 06 )

Welcome to your Time and Work Exam Set

Name
1. 
रामले एउटा काम 6 दिनमा सक्छ र हरिले त्यही काम 12 दिनमा सक्छ भने दुवै जनाले मिलेर गर्दा त्यो काम कति दिनमा सक्छन् होला ?

2. 
A र B ले एउटा काम 6 दिनमा सक्छन् ।यदी A ले त्यही काम एक्लै गर्दा 10 दिनमा सक्छ भने B ले त्यही काम कति दिनमा सक्छन होला ?

3. 
एउटा बसले 3 घण्टामा 120 कि.मी. पार गर्छ भने कति समयमा 2 सय कि.मी. दुरी पार गर्छ ?

4. 
20 जना खेतालाहरूले एउटा खेत 240 घण्टामा खन्न सक्छन् भने कति जनाले सोही खेत 60 घण्टामा खन्न सक्छन्

5. 
27 जनाले एउटा खाल्डो 15 दिनमा खन्न सक्छन् भने उक्त खाल्डो 9 दिनमा कति जनाले खन्न सक्छन् ?

6. 
200 सिपाहीलाई 21 दिन पुग्ने रासन 300 जनालाई कति दिन पुग्छ ?

7. 
यदि A ले कुनै काम 20 दिनमा B ले सोही काम 30 दिनमा सक्दछन भने उनीहरु दुवैले सोही काम सगै गरे भने कति दिनमा गर्दछन्।

8. 
यदि A,B,C ले कुनै काम क्रमश: 20,30 र 60 दिनमा गर्न सक्दछन भने सबै मिली सो काम गर्दा कति दिनमा समाप्त गर्दछन् ?

9. 
A+B ले कुनै एक काम 12 दिनमा, B+C ले सोही काम 15 दिनमा र C+A ले सोही काम 20 दिनमा सक्दछन भने कति दिनमा ति सबै जनाले काम गर्दा कार्य सम्पन्न हुन्छ ?

10. 
A+B ले कुनै काम 20 दिनमा सक्दछन् । A एक्लैले सो काम 30 दिनमा सक्दछ भने B एक्लैले सो काम कति दिनमा सक्दछ ?

11. 
A लाई कुनै काम गर्न 12 दिन लाग्दछ। B, A भन्दा साठी प्रतिशत बढी क्षमता भएको व्यक्ति हो भने उसले कति दिनमा सो काम सक्दछ ?

12. 
A ले कुनै कामको 25% 30 दिनमा गर्न सक्दछ। सोही कामको एक चौथाइ (1/4 ) B ले 10 दिनमा गर्न सक्दछ। C ले उक्त कामको 40% 40 दिनमा समाप्त गर्दछ। D ले सोही कामको एक तिहाइ 1/3 13 दिनमा सम्पन्न गर्दछ। कुन व्यक्तिले सबै भन्दा छिटो कार्य सम्पन्न गर्न सक्दछ ) ?

13. 
A ले 20 दिनमा कुनै काम गर्दछ, B ले 24 दिनमा सोही काम गर्दछ र C ले 30 दिनमा गर्दछ भने, A+B+C ले काम शुरु गरेको 2 दिन पछि A ले छोडयो, त्यसको 3 दिन पछाडि B ले छोडयो भने बाँकी काम C ले कति दिनमा गर्दछ ?

14. 
A ले 10 दिनमा कुनै काम गर्दछ, B ले 12 दिनमा सोही काम गर्दछ भने, A+B ले 5 दिन काम गरे पछि A ले छोडदछ र बाँकी कार्य B ले पुरा गर्दछ भने काम कति दिनमा समाप्त हुन्छ।

15. 
A ले 15 दिनमा कुनै काम गर्दछ, B ले 20 दिनमा सोही काम गर्दछ भने, B एक्लैले 8 दिन काम गरे पछि छोडदछ र बाँकी कार्य A ले पुरा गर्न कति दिन लाग्छ ?

16. 
A को कार्य क्षमता B को भन्दा 30% बढी छ। A ले कुनै काम 23 दिनमा समाप्त गर्दछ। दुवैले मिलेर काम समाप्त गर्न कति दिन लाग्छ ?

17. 
यदि A को कार्य क्षमता B को 6/5 गुणा छ। यदि दुवै मिलेर कुनै काम 10 दिनमा पुरा गर्दछन भने B एक्लैले उक्त कार्य कति दिनमा पुरा गर्दछ ?

18. 
यदि A ले कुनै कामको 1/2 भाग 5 दिनमा पुरा गर्दछन भने B ले सोही कामको 3/5 भाग 9 दिनमा पुरा गर्दछ, C ले सोही कामको 2/3 भाग 8 दिनमा पुरा गर्दछ। तीनै जनाले कति दिनमा उक्त कार्य गर्दछन् ?

19. 
A ले A+B भन्दा कुनै काम गर्न 25/2 दिन बढी लगाउदछ। B ले A+B भन्दा कुनै काम गर्न 8 दिन बढी लगाउदछ भने दुवै मिलेर कति दिनमा समाप्त गर्दछन्

20. 
A लाई कुनै काम गर्न B भन्दा 5 दिन बढी लाग्दछ र C भन्दा 9 दिन बढी लाग्दछ। यदि A+B मिलेर गर्ने काम C एक्लैले गर्दछ भने B+C ले कति दिन लगाउदछन् ?

1 Comment.

Leave a Reply

Your email address will not be published. Required fields are marked *