1.
एक संख्याबाट ६०० को ६५% को २/३ घटाउंदा आउने संख्या ३२० हो भने त्यो संख्या कति होला ?
2.
३६०० को ७/९ को ४५% को ३५% कति हुन्छ ?
3.
कुनै संख्यामा २०% वृद्धि गरि आउने संखयामा पुन: २०% वृद्धि गर्दा कुल वृद्धि कति होला ?
4.
एउटा परीक्षाको उत्तीणाअङ्क ४०% रहेको छ। एक जना विद्यार्थीले १८५ अंक ल्याउँदा ऊ १५ अंकले अनुत्तिर्ण भएछ भने सो परीक्षाको पूर्णाअङ्क कति रहेको छ ?
5.
एउटा परिक्षामा कमलले ७०% अंक प्राप्त गरेको छ। उसले चार विषयमध्ये तीन विषयमा क्रमसः ८१% ६६५ र ६१% रहेको छ भने चौथो विषयमा उसले कति अंक प्राप्त गरेको छ ?
6.
यदि कुनै वस्तुको मुल्य २५ प्रतिशत कटौटी गरियो। त्यस वस्तुलाई पुन त्यही मुल्य कायम गर्न कति प्रतिशत वृद्धि गर्नु पर्छ ?
7.
उखुको मुल्यमा २० प्रतिशत कमी आउँदा उखुको मुल्य रु ८०० प्रति क्विन्टल हुन्छ भने पहिला उखुको मुल्य प्रति क्विन्टल कति रहेको थियो ?
8.
खाने तेलको मुल्यमा २५ प्रतिशत वृद्धि हुदा एक ग्रहिनीलाई आफ्नो खर्च नबडाई कति प्रतिशतले आफ्नो तेलको खपत कम गर्नुपर्छ ?
9.
यदि कुनै वस्तुको करमा २० प्रतिशत वृद्धि भएमा त्यस वस्तुको खपत २० प्रतिशतले कम गरियो भने त्यस वस्तुको कुल कर प्राप्तिमा कस्तो परिवर्तन भयो ?
10.
एक जना पसलेले रु ४५ मा एक कपि बिक्रि गरि ४% नाफा कमाउछ र रु ८० मा एउटा पेन्सिल वक्स वेच्दा २०% नाफा कमाउछ। यदि उसले प्रति दिन १० कपि र ६ पेन्सिल वक्स बेच्छ भने उसले एक हप्तामा जम्मा कति नाफा कमाउन्छ ?
11.
यदि कुनै वस्तुको मुल्यमा २० % वृद्धि गरि पुन २०% वृद्धि गर्दा जम्मा कति % वृद्धि हुन्छ ?
12.
यदि कुनै संख्यामा ६०० को ७५% को दुइ तिहाइ घटाउदा आउने संख्या ३२० हुन्छ भने त्यो मुल संख्या कति रहेको छ ?
13.
तरकारीको मुल्यमा ३०% कमी आउंदा विक्री ४०% वृद्धि हुन्छ भने विक्री मुल्यमा कस्तो असर पर्छ ?
14.
एक परीक्षामा ९०० छात्रा र ११०० छात्र सामिल भएका थिए। यसमा ४०% छात्रा तथा ५० % छात्र उत्तिर्ण भए भन्ने जम्मा कति प्रतिशत विद्यार्थी अनुत्तिर्ण भए ?
15.
एउटा मेलामा ३५,००० दर्शकबाट प्रवेश शुल्कको रुपमा रु ९,५०,००० रकम उठेको छ। यसमा व्यस्कको लागि प्रवेश शुल्क रु ४० र बालबालिकाको लागि रु २० रहेको थियो। यदि मेलामा १०% व्यक्ति निशुल्क प्रवेश गरेका थिए भने यसमा बालबालिकाको संख्या कति रहेको थियो ?
16.
एक विद्यालयमा छात्र र छात्रा अनुपात ३:२ रहेको छ। यदि यसमा २०% छात्र र ३०% छात्रा छात्रवृति प्राप्त गर्छन भने छात्रवृति प्राप्त नगर्ने विद्यार्थीको संख्या कति रहेको छ ?
17.
यदि एउटा वर्गको प्रत्येक भुजा (Side) मा १० वृद्धि गरियो भने यसको क्षेत्रफलमा जम्मा कति % वृद्धि हुन्छ ?
18.
कम्प्युटरको मुल्यमा २०% वृद्धि हुदा कम्प्युटरको विक्रिमा १५% कमी आउंछ भने विक्री मुल्यमा कति परिवर्तन हुन्छ ?
19.
चामलको मुल्यमा २०% कमि हुदा एक जना व्यक्तिले रु ६०० मा पहिलाको भन्दा १० केजी बढी चामल खरिद गर्छ भने मुल्यमा कमि आउँदा चामलको मूल्य अहिले प्रति केजी कति रहेको छ ?
20.
२९६००० जनसंख्या भएको एक जिल्लामा १६६००० पुरुष रहेका छन्। कुन जनसंख्याका ५०% मानिसहरु शिक्षित रहेका छन्। यदि शिक्षित पुरुषको संख्या ७०% रहेको छ भने शिक्षित महिलाको संख्या कति रहेको छ ?
21.
दुई उम्मेदवार भएको एक चुनावमा एकजना उम्मेदवार ले ३०% मत प्राप्त गरी १६००० मतले पराजीत भयो भने जम्म्मा कति मतदान भएको थियो ?