1.
तिन संख्याको औसत ७ रहेको छ। पहिलो दुई संख्याको औसत ४ छ भने तेश्रो संख्याको मान कति होला ?
2.
तिन संखायाको औसत २८ रहेको छ। यदि पहिलो संख्या दोस्रो संख्याको आधि तथा तेस्रो संख्या दोस्रो संख्याको दोब्बर छ भने तेस्रो संख्याको मान कति होला ?
3.
पाँच संख्याको योग २४० रहेको छ। यसमा पहिलो दुई संख्याको औसत ३० रहेको छ र अन्तिम दुइ संख्याको औसत ७० रहेको छ भने तेस्रो संख्या कति होला ?
4.
५ संख्याको औसत ६५ रहेको छ। पहिलो दुइ संख्याको औसत ८१ तथा अन्तिम दुइ संख्याको औसत ३८ रहेको छ भने तेस्रो संख्या कति होला ?
5.
१३ संख्याको औसत ३८ रहेको छ। प्रथम ७ संख्याको औसत ६३ छ जबकी अन्तिम ७ संख्याको औसत ७० रहेको छ भने सातौ संख्याको कति होला /
6.
Aर B को औसत २० रहेको छ B र C को औसत १९ तथा C र A को औसत २१ रहेको छ भने A को मान कति ?
7.
एउटा विधार्थीहरुको समुहको औसत अंक ६३ रहेको छ। पहिलो तिन जनाको प्रप्ताङ्ग क्रमश ७८, ६९ र ४८ रहेको छ र बाकी ६ बिधार्थिहरुको औसत अंक कति होला ?
8.
पाँच संख्याको औसत १८ रहेको छ। एउटा संख्या छोड्ने हो भने औसत १६ हुन्छभने छोडिएको अंक कति होला?
9.
एउटा मानिसले कारले A स्थानबाट B स्थानमा जादा ६३ किमि प्रति घण्टाको औसत गतिले जान्छ र ४२ किमि प्रति घन्टाको औसत गतिले फर्किन्छ भने पुरा यात्रामा उसको कुल औसत गति कति हुन्छ ?
10.
नौ विषयहरुको अंकको औसत ६० छ। अगाडिका पाँच बिषयहरुको अंकको औसत ७० र पछाडिका पाँच विषय हरुको अंकको औसत ५५ रहेको छ भने पाँचौ विषयको अङ्ग कति होला ?
11.
कुनै पाँच विषयको औसत अंक ६१. छ। पहिलो तिन विषयको औसत अङ्ग ५७ तथा पछिल्लो तिन विषयको औसत अंक ६९ भए तेस्रो विषयको अंक कति हुन्छ ?
12.
३१ जना मानिसहरुको समुह औसत उमेर १९ वर्ष रहेको छ। एक जनाले समूह छोड्यो भने समुहको औसत उमेर १८ वर्ष हुन्छ भने जने मानिसको उमेर कति होला ?
13.
५० व्यक्तिको एक समूहको औसत उमेर ६० रहेको छ। ५ जनाले समूह छोडेर जानेहो भने औसत उमेर ६२ हुन्छ भने जाने व्यक्तिहरुको उमेर कति होला ?
14.
७ देखि २९ सम्मको प्रक्तिक संख्याको औसत कति हुन्छ ?
15.
तिन संख्या मध्ये पहिलो संख्या दोस्रो संख्याको दुइ गुण तथा दोस्रो संख्या तेस्रो संख्याको दुई गुण रहेको छ। यदि तिनवटै संख्याको औसत २१ रहेको छ भने त्यसमा सबै भन्दा सानो संख्या कुन हो ?
16.
तिन संख्याको औसत १३५ रहेको छ। यसमा सबै भन्दा ठुलो संख्या १८० तथा बाकी दुई संख्याको अन्तर २५ रहेको छ भने सबै भन्दा सानो संख्या कति रहेको छ ?
17.
एउटा कक्षाको ४० छात्राहरु मध्ये ३० जनाको औसत उचाई १६० सेमी रहेको छ र बाकी छात्राहरुको औसत उचाई १५६ सेमी रहेको छ भने सबै छात्राहरुको औसत उचाई कति रहेको छ ?
18.
गणीत विषयको परिक्षामा २० जना विधार्थी मध्ये २ जनाले १०० अंक, ३ जनाले सुन्य तथा बाकिको औसत ४० प्राप्त गरेका छन् भने सम्पूर्ण विधार्थीहरुको औसत कति रहेको छ ?
19.
पाँच जना सदस्य भएको एक परिवार औसत उमेर तिन वर्ष पहिला १७ रहेको थियो। एक बच्चाको जन्म हुदा त्यस परिवारको वर्तमान औसत आयुमा कुनै परिवर्तन भएन भने त्यस बच्चाको आयु कति रहेको छ ?
20.
तिन संख्यामा दोस्रो संख्या पहिलो संख्याको दुई गुणा तथा तेस्रो संख्याको तिन गुणा रहेको छ। यदि तिनै संख्याको औसत ४४ रहेको छ भने सबै भन्दा ठुलो संख्या कति रहेको छ ?
21.
कुनै विधालयको ८ जना शिक्षकको औसत उमेर ४० वर्ष रहेको थियो। एक शिक्षक जसको उमेर ५५ वर्ष थियो उन को निधन भएपछि त्यस स्थानमा एक ३९ वर्षको शिक्षक नियुक्त हुदा त्यस विधालयका शिक्षकका हाल औसत उमेर कति होला ?
22.
कुनै हप्ताको पहिलो तिन दिनको औसत तापक्रम २७^ C रहेको छ तथा पछिका तिन दिनको औसत तापक्रम २९^ C रहेमा छ। यदि पुरै हप्ताको औसत तापक्रम २८.५ ^ C छ भने अन्तिम दिनको तापक्रम कति रहेको छ ?
23.
८ जना सदस्य भएको एक परिवारमा औसत तौल एक केजिले बड्छ जबकि ६० केजीको व्यक्तिको ठाउमा एक जना नयाँ व्यक्ति थपिन्छ। त्यो नया व्यक्तिको तौल कति रहेको छ ?
24.
वैशाख ९ गते देखि १६ गते सम्मको औसत तापक्रम ३०^C रहेको थियो तथा वैशाख १० देखि १७ सम्मको औसत तापक्रम २९^C रहेको थियो। यदि वैशाख ९ को तापक्रम ४०^C रहेको भए वैशाख १७ को तापक्रम कति रहेको थियो ?
25.
एक कक्षामा रहेको २५ जना विधार्थी विधार्थीको औसत उमेर १० रहेको छ। शिक्षकको उमेर समेत जोड्ने हो भने औसतमा एक वर्षको वृद्धि हुन्छ भने शिक्षकको उमेर कति होला ?